७ असार २०८३, आईतवार
,
Latest
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली व्यवसायीलाई धम्क्याई पैसा अशुल गर्ने गिरी पक्राउ



अ+ अ-

काठमाडौं । भारतको विभिन्न शहरमा बसेर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा ललितपुरका ३० वर्षीय उदय गिरी पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसपी केदार ढकालका अनुसार गिरीले विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाइल नम्बरको प्रयोग गरेर व्यवसायीलाई धम्क्याएका थिए ।

‘उनले ७५ लाख रुपैयाँ माग गरेका थिए’, ढकालले भने, ‘गिरी यसअघि पनि हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।’

उनलाई धापाखेलबाट नियन्त्रणमा लिएर अनुसन्धान थालिएको ढकालले बताए ।