७ असार २०८३, आईतवार
,
Latest
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व युवराज्ञी शाहले पत्रकार सम्मेलन गर्दैं



अ+ अ-

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाहले पत्रकार सम्मेलन गर्न लागेकी छिन् ।

हिमानी ट्रष्टले पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्न लागेको पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले जनाएको छ ।

पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले ट्रष्टको कार्यालय बालुवाटारमा आज अपरान्ह १ बजे पूर्व युवराज्ञी हिमानी शाह उपस्थित भएर पत्रकार सम्मेलन गर्न लागेको बताए ।

हिमानी ट्रस्टकी अध्यक्ष हुन् भने पूर्व राजा ज्ञनेन्द्र शाह ट्रस्टका संरक्षक रहेका छन् ।पछिल्लो समय हिमानी शाह ट्रष्ट मार्फत सामाजिक सेवामा सक्रिय रहँदै आएकी छिन् । बाढी, पहिरोका बेलामा राहतमा ट्रस्ट सक्रिय रहने गरेको छ ।