७ असार २०८३, आईतवार
,
Latest
दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको टेक्सस राज्यमा बन्दुक आक्रमण, २० जनाको मृत्यु, २६ जना घाइते



अ+ अ-

काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा भएको बन्दुक आक्रमणमा परेर कम्तीमा २० जनाको मृत्यु भएको र २६ जना घाइते भएका छन् ।

घटना अमेरिका र मेक्सिकोको सीमाभन्दा केहीपर रहेको वालमार्ट स्टोरमा भएको हो ।

एल पासो सहरमा भएको उक्त घटना टेक्ससका लागि इतिहासकै सबैभन्दा घातक दिनमध्येको एक रहेको टेक्ससका गभर्नरले बताएका छन्।घटनामा संलग्न भएको भन्दै प्रहरीले एक २१ वर्षीय युवालाई हिरासतमा लिएको छ। अमेरिकी सञ्चारमाध्यमहरूले उनको नाम प्याट्रिक क्रुसिअस रहेको बताएका छन्।

पक्राउ परेका ब्यक्ति एल पासोभन्दा एक हजार ४६ किलोमिटर पूर्वमा पर्ने ड्यालस सहरका बासिन्दा भएको संचार माध्यमले उल्लेख गरेका छन् ।

यता मेक्सिकोका राष्ट्रपतिले आफ्ना तीन नागरिकको मृत्यु भएको बताएका छन् । उक्त घटनामा परेर ६ जना घाइते भएको बताएको रोएटर्स समाचारसंस्थाले जनाएको छ।टेक्ससमा भएको यो घटना अमेरिकाको पछिल्लो कालखण्डको आठौँ घातक बन्दुक आक्रमण भएको बताइन्छ।

पछिल्लो एक सातामा अमेरिकामा भएको यो दोस्रो बन्दुक आक्रमण हो। यसअघि क्यालिफोर्निया राज्यमा गोली लागेर तीन जनाको मृत्यु भएको थियो।