७ असार २०८३, आईतवार
,
Latest
क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठेपुल बगाउँदा आवतजावतमा समस्या



अ+ अ-

जुम्ला । तिला गाउँपालिका–३ जुम्लाको लुम्सेरा गाउँस्थित काठेपुल बगाउँदा आवतजावत गर्न स्थानीयवासीलाई समस्या भएको छ ।

तिलानदीमा शनिबार आएको बाढीले ४० वर्षअघि बनाएको काठेपुल बगाएको हो । बाढीले पुल बगाएपछि अहिले वारपार बन्द भएको तिला गाउँपालिका–३ जुम्ला लुम्सेरागाउँका स्थानीयवासी दीपेन्द्रराज हमालले राससलाई जानकारी दिनुभयो । झोलुङ्गे पुल नबनेको अवस्थामा काठको पुल बग्दा तत्काल वारपार गर्ने विकल्पका लागि गाउँपालिका र जिल्ला प्रशासन कार्यालय जुम्लासँग गुहार मागिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार स्थानीयवासीको नदी किनारका धान खेतसमेत बाढीले पुरेको छ । सूर्य सामाजिक सेवा सङ्घ जुम्लाले करीब रु ५० लाखको लागतमा दुई वर्षअघि शुरु गरेको झुलुङ्गे पुल तत्कालै बन्ने अवस्था नरहेकाले त्यहाँस्थित ४१ घरधुरीका स्थानीयवासीलाई सकस परेको जनाइएको छ ।