७ असार २०८३, आईतवार
,
Latest
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्गिय रविन्द्र अधिकारीले अघि सारेका लुम्विनी गुरुयोजना छिटो सक्न प्रधानमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणको काम छिटो सम्पन्न गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले अघि सारेका लुम्विनी गुरुयोजना छिटो सक्न निर्देशन दिएका हुन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित लुम्बिनी विकास बोर्डको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्बिनीसँग सम्बन्धित रामग्राम, कपिलवस्तु आदि क्षेत्रको सर्वाङगिन विकास हुने गरी नयाँ मोडल तयार पार्न पनि लुम्बिनी विकास कोषलाई निर्देशन दिए ।


त्यस अवसरमा प्रधानमन्त्री ओलीले बुद्धसँग सम्बन्धित क्षेत्रमा बौद्ध परिपथ निर्माण गर्ने कामको पनि तयारी गर्न लुम्विनी विकास कोषलाई सचेत गराएका थिए ।

कोषका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीलाई कोषले लुम्विनी गुरुयोजनाको हालसम्मको कामका विवरण तथा नेपाल भ्रमण वर्ष– २०२० लाई ध्यानमा राखेर आयोजना गर्न लागिएको बुद्ध जयन्ती र बौद्ध सम्मेलनको तयारीका बारे पनि ब्रिफिङ गरेको थियो ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री एवम् कोषका अध्यक्ष योगेशकुमार भट्टराई तथा कोषका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।