७ असार २०८३, आईतवार
,
Latest
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरका उद्योगहरुमा कार्यरत १ सय ४४ मजदूर हटाइयो, एकको मृत्यु



अ+ अ-

हेटौंडा । मकवानपुर जिल्लाको उद्योगहरुमा कार्यरत १४४ जना मजदूरलाई यस वर्ष जागिरबाट हटाइएको छ । साथै एक मजदूरको काम गर्दागर्दै करेण्ट लागेर मृत्यु भएको श्रम तथा रोजगार कार्यालय हेटौँडाले जनाएको छ ।

कार्यालयबाट आर्थिक वर्ष ७५/७६ को प्राप्त विवरणअनुसार हेटौँडा औद्योगिक क्षेत्रमा रहेको युनिक शोप एण्ड केमिकल्स इण्डस्ट्रिज प्रालि तथा अन्य औद्योगिक प्रतिष्ठानबाट उक्त मजदूर हटाइएको बताइएको छ ।
सोही आर्थिक वर्षमा इनभाइरो प्लाष्ट प्रालीमा कार्यरत मजदूरको विद्युत् चुहिएर मृत्यु भएको हो । साथै उद्योगमा कार्यरत मजदूरले आफ्नो हक र अधिकारका लागि व्यक्तिगत तथा सामूहिकरुपमा करीब १०० उजुरी गरेको बताइएको छ । विवरणमा सो कार्यालयमा परेका उजुरीमध्ये सामूहिक छ वटा तथा व्यक्तिगत नौ वटा उजुरीको फछ्र्यौट गरिएको उल्लेख गरिएको छ ।

कार्यालयका प्रमुख श्यामकुमार श्रेष्ठका अनुसार चितवन र मकवानपुरमा सो कार्यालयमा दर्ता भएका २०६ वटा उद्योग रहेको जसमध्ये मकवानपुरमा ७२ र चितवनमा १३४ वटा उद्योग रहेका छन् । ती उद्योगमा पाँच हजार ७४३ मजदूर रहेको र उनीहरुको अवस्थाबारे अनुगमन हुने गरेको जनाइएको छ ।

असुरक्षित गर्भपतनका कारण सात प्रतिशत महिलाको मृत्यु

नेपालमा असुरक्षित गर्भपतनका कारण वार्षिक सात प्रतिशत महिलाको मृत्यु हुने गरेको एक तथ्याङ्कले जनाएको छ । महिला बालबालिका तथा वातावरण सुधार मञ्चको समन्वयमा आसपास नेपालको आयोजनामा भएको अभिमुखी कार्यक्रममा सो जानकारी दिइएको हो ।

कार्यक्रममा उपलब्ध तथ्याङ्कमा नेपालमा ५८ प्रतिशत महिलाले वार्षिक असुरक्षितरुपमा गर्भपतन गराउने गरेको उल्लेख छ । प्रत्येक वर्ष नेपालमा तीन लाख २३ हजार महिलाले गर्भपतन गराउने गरिएको र तीमध्ये ५८ प्रतिशतले असुरक्षितरुपमा गर्भपतन गराउने गरेको बताइएको छ । मकवानपुर जिल्लामा अघिल्लो आर्थिक वर्षमा ८८९ महिलाले सुरक्षित गर्भपतन सेवा लिएकामा गत वर्ष जेठसम्ममा एक हजार ९९ जना महिलाले सुरक्षित गर्भपतन गराएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यो कार्य सकारात्मक हो । हाल मकवानपुरमा सूचीकृत सरकारी स्वास्थ्य संस्था १५ वटा र सूचीकृत निजी तीन वटा संस्थाले सुरक्षित गर्भपतन सेवा सञ्चालन गरेको स्वास्थ्य कार्यालयको एक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनीले सुरक्षित गर्भपतनको सम्बन्धमा महिला र पुरुषलाई सँगै समेट्नुपर्नेमा जोड दिँदै भने, ‘सुरक्षित गर्भपतनका बारेमा अझै जनचेतना पर्याप्त भइसकेको छैन, त्यसैले यसमा जोड दिनु आवश्यक छ ।’