७ असार २०८३, आईतवार
,
Latest
बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर आज अन्तरराष्ट्रिय योग दिवस प्रधानमन्त्री शाह आइतबार दिउँसो चितवन आउने, यस्तो छ कार्यतालीका
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानको शान्ति परिषद् विघटन



अ+ अ-

काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले उच्चस्तरीय शान्ति परिषद्को सचिवालय विघटन गर्ने भएका छन् ।

तालिबान विद्रोहीसँग वार्ता गर्नका लागि सन् २०१० मा तत्कालिन राष्ट्रपति हमिद् कारजाईले बनाउनु भएको सो सचिवालयलाई घानीले शनिबार विघटन गरेका हुन् ।

अफगानी राष्ट्रपतिका प्रवक्ता सेदिक सेदिकीले परिषद्को काम नव गठित शान्ति मामिला मन्त्रालयले गर्ने भएकाले परिषद्को आवश्यकता नदेखिएको पत्रकारहरुलाई जानकारी दिए ।

सरकारी निकायका रुपमा परिषद्ले विद्रोही तालिवान तथा अरु आतङ्कवादी समूहरुलाई पुनर्मिलन र मेलमिलापका लागि पहल गर्दै आइरहेको थियो ।

परिषद् मार्फत् राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका वार्ता तथा छलफलहरु गर्नका लागि ७४ जनाले काम गरेका थिए । झण्डै २० बर्षदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा विभिन्न विद्रोही तथा आतङ्कवादी समूहहरु सक्रिय रहेका छन् ।