२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रमित ढुंगानाको धमकेदार कमब्याक, १८ लाख लिएर ‘राजा साहेब’ बन्दै



अ+ अ-

नायक रमित ढुंगाना धमकेदार कमब्याकको तयारीमा छन् । उनले एउटा चलचित्रका लागि १८ लाख लिएर काम गर्न लागेको चर्चा भैरहेको छ । ढुंगानाले काम गर्न लागेको चलचित्र ‘राजा साहेब’ हो। रमितको मुख्य भूमिका रहने फिल्म ‘राजा साहेब’को कोटेश्वर स्थित महादेव मन्दिरमा शुभ मूहुर्त गरिएको छ ।

चलचित्रमा रमित साइको भूमिकामा देखिनेछन् । साथमा उनले चलचित्रमा एक्सनका दृश्य पनि धेरै भएको बताए ।

‘किराती फिल्मस्’ र ‘आकाश फिल्मस्’को संयुक्त व्यानरमा बिचल किरातीको निर्देशनमा बन्न लागेको फिल्ममा रमितसँगै धिरेन शाक्य, जयकिशान बस्नेत, उमेश खड्का, प्रज्जवल गिरी, टार्जनलगायतको मुख्य भूमिका रहने छ । यसै फिल्मबाट सोनिका केसी र आइशा राईले नायिकाको रुपमा डेब्यु गर्दैछन् ।

शंकर न्यैपाने, आकाश राई र आइशा राई कार्यकारी निर्मातामा रहेका छन् ।चन्द्र लामा, ज्याक शुब्बा र भिम कार्की निर्माताको रुपमा रहेको फिल्मका सिसम डागी सह–निर्माता हुन् ।

ओम सुनुवारको संगीत, रामजी लामिछानेको नृत्य, श्री श्रेष्ठको द्वन्द्व रहने फिल्म बुधबारबाट छायांकनमा जाने कार्यक्रममा जानकारी दिइयो ।

चलचित्रमा रमित साइको भूमिकामा देखिनेछन् । साथमा उनले चलचित्रमा एक्सनका दृश्य पनि धेरै भएको बताए ।




भर्खरै