६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्याको डान्स बारबाट उद्दार गरिएका १२ जना नेपाली युवतीलाई काठमाडौं ल्याइयो



अ+ अ-

काठमाडौं । केन्याको डान्स बारबाट उद्दार गरिएका १२ जना नेपाली युवतीलाई काठमाडौं ल्याइएको छ ।

नेपाल प्रहरीको मानव बेचविखनविरुद्ध काम गर्ने ब्युरो स्रोतका अनुसार बिहीबार साँझ केन्याबाट उनीहरुलाई हवाई मार्ग हुँदै नेपाल ल्याइएको हो ।

केन्या प्रहरीले चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेका थिए ।यद्यपि, अहिलेसम्म उद्दार गरिएकाले आफू खुशी केन्या गएको बयान दिएका छन् ।

उद्दार गरिएका मध्ये अधिकांशले केन्यामा आफूले शारीरिक वा मानसिक यातना नपाएको जनाएका छन् ।