६ असार २०८३, शनिबार
,
Latest
कामपाको बजेट पूर्वाधार योजना, विद्यालय शिक्षा केन्द्रित शासन व्यवस्थालाई बलियो बनाउने समाचार सम्प्रेशण गर्नुपर्छ: मुख्यमन्त्री पाण्डे कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन तनहुँबाट हराएका २१ जनामध्ये १७ जना फेला गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम  ‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा ५ वटा बुद्धमुर्ति तोडफोड



अ+ अ-

बुटवल । रुपन्देहीको बुटवल बेलहिया सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ति तोडफोड भएको छ ।

बुधबार साँझसम्म ठीकठाक अवस्थामा रहेका मूर्ति बिहीबार बिहान तोडफोड भएको अवस्थामा भेटिएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए । मूर्तिहरु कसले र किन फुटायो भन्ने अहिलेसम्म खुलेको छैन ।

शंकरनगर चोकदेखि नयाँमिल खण्डमा राखिएका पाँच वटा बुद्धमूर्ति कामै नलाग्ने गरी तोडफोड भएका हुन् । केही बुद्धमूर्ति सडकमै ल्याएर फ्याँकिएको छ ।

तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेहलहिया सडक खण्ड अन्तरगत तिलोत्तमा नगरपालिकाको योगिकुटीदेखि मंगलापुरसम्म बुद्धका मुर्ति राखिएको थियो ।

प्रदेश सरकारले अहिले लुम्बिनी भ्रमण वर्ष मनाइरहेको सन्दर्भमा यो घटनाले नकारात्मक प्रभाव पार्न सक्ने लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दिप गुप्ताले बताए ।

लुम्बिनी भ्रमण वर्षको अवसर पारेर गत वैशाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले बुद्धमूर्ति अनावरण गरेका थिए ।

उक्त मुर्तिहरु कसले र किन तोडफोड गर्यो भन्नेबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । बुद्ध मूर्ति स्थापनाका लागि नगरपालिकाले ५० लाख रुपैयाँ बजेट छुट्टाएको छ । जसमध्ये गत आर्थिक वर्षको अन्त्यसम्म २३ लाख रुपैयाँ खर्च भएको र बाँकी चालु आर्थिक वर्षमा खर्च गरिने नगरपालिकाले जनाएको छ ।