६ असार २०८३, शनिबार
,
Latest
कामपाको बजेट पूर्वाधार योजना, विद्यालय शिक्षा केन्द्रित शासन व्यवस्थालाई बलियो बनाउने समाचार सम्प्रेशण गर्नुपर्छ: मुख्यमन्त्री पाण्डे कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन तनहुँबाट हराएका २१ जनामध्ये १७ जना फेला गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम  ‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति सैनिकको मृत्यु



अ+ अ-

संयुक्त राष्ट्रसंघ । सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती नगर अबेईमा भएको आक्रमणमा एक जना शान्ति सैनिकको मृत्यु भएको छ ।

राष्ट्रसंघका प्रवक्ता फरहान हकले अबेईमा सोमबार घुम्न निस्केका दुई जना शान्ति सैनिकमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको बताउनुभयो ।गोली लागेका इथियोपियाका शान्ति सैनिकको मृत्यु भएको हकले बताउनुभयो । अबेईमा राष्ट्रसंघीय शान्ति सैनिक तैनाथ छन् ।

उक्त आक्रमणका क्रममा दुई महिला र एक बालक सहित पाँच जना सर्वसाधारणको पनि ज्यान गएको छ । आक्रमणकारीको खोजी तीव्र बनाइएको पनि राष्ट्रसंघीय अधिकारीले बताएका छन् ।
संयुक्त राष्ट्र सुरक्षा परिषदले सन् २०११ मा अबेईमा शान्ति सैनिक तैनाथ गरेको छ ।