६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाको प्रस्तावलाई अस्विकार गर्दै डी लिग्ट युभेन्टसमा अनुबन्धित



अ+ अ-

काठमाडौं । डच क्लब अजाक्सका कप्तान माथेज डी लिग्ट इटालियन सिरी ए फुटबल क्लब युभेन्टसमा अनुबन्धित हुने भएका छन् । सिरी ए च्याम्पियनमा अनुबन्धित हुने प्रक्रिया पूरा गर्नका लागि डी लिग्ट तुरिन पुगेका छन् ।

पाँच वर्षको लागि युभेन्टसले डी लिग्टलाई आफ्नो क्लबमा भित्र्याउन लागेको हो । युभेन्टसले उनलाई ७० मिलियन युरोमा क्लबमा भित्र्याउने तयारीमा छ । डी लिग्टले वाषिर्क १२ मिलियन युरो पाउनेछन् । त्यस्तै, उनको १५० मिलियन युरो रिलिज क्लोज राखिएको छ ।

१९ वर्षका डी लिग्टको नाम इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पनि जोडिएको थियो । यस्तै बार्सिलोना, पेरिस सेन्ट–जर्मेन (पिएसजी) सहितका क्लबले पनि उनमा चासो देखाएका थिए । तर क्रिष्टियानो रोनाल्डोले डी लिग्टलाई युभेटन्स आउन सल्लाह दिएका थिए ।

अजाक्सलाई डच लिग च्याम्पियन बनाउनुका साथै च्याम्पियन्स लिगको सेमिफाईनलसम्म पुर्याएपछि उनी युरोपेली क्लब फुटबलमा नयाँ स्टारको रुपमा उदाएका हुन् । निजी विमानबाट तुरिन पुगेका उनले भनेका छन्, ‘यहाँ आउँदा खुशी लागेको छ ।’

सन् २०१६ मा डेब्यु गरेका उनले डच लिग र डच कपको उपाधि जितेका छन् । यस्तै सन् २०१७ मा अजाक्स युरोपा लिग फुटबलको फाइनलमा पुगेको थियो । ९ वर्षको हुँदा अजाक्समा आएका उनले क्लबबाट लिगमा ७७ खेलमा ८ गोल गरेका छन् ।

उनी गएको वर्ष ९२०१८० को मार्चमा क्लबको कप्तान बनेका थिए र उनी सबैभन्दा कम उमेरमा अजाक्सको कप्तान बने ।

उनले गएको सिजन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको क्रममा युभेन्टसविरुद्ध विजयी गोल गरेका थिए । युभेन्टसलाई पराजित गरेर अन्तिम चारमा पुगेको अजाक्स टोटनह्यामसँग पराजित भएको थियो ।

उनले नेदरल्याण्डसको राष्ट्रिय टिमबाट सन् २०१७ को मार्चमा डेब्यु गरेका थिए, त्यसबेला अजाक्सबाट लिगमा उनले मात्रै दुई खेल खेलेका थिए ।युभेन्ट्सको नयाँ प्रशिक्षकको रुपमा सर्रीले अनुबन्धन गर्ने डी लिग्ट पहिलो खेलाडी हुनेछन् । उनी भर्खरै लण्डन क्लब चेल्सीबाट ईटाली फर्किएका छन् ।