२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कात्तिक २९ मा सौगात र नम्रताको ‘माछा माछा’



अ+ अ-

नायक सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘माछा माछा’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । निर्माण पक्षका अनुसार यस चलचित्र कार्तिक २९ बाट प्रदर्शनमा आउने भएको छ ।

तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागि परेको संघर्षको कथामा निर्मित फिल्ममा सौगातसँगै विजय बराल र अनोज पाण्डेको समेत मुख्य भूमिका रहेको छ ।

सुनिल गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र कात्तिकको २९ गतेबाट रिलिज हुँदैछ । चलचित्रको प्रदर्शन मितिसँगै यसको फस्टलुक पनि रिलिज भएको छ । सार्वजनिक पोष्टरमा सौगात, बिजय , अनोजको समुह र अर्का कलाकार माओत्से गुरुङको समुह अलग–अलग देखिएको छ । चलचित्रमा नायिका नम्रता श्रेष्ठको पनि मुख्य भूमिका छ ।

सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा रामबाबु गुरुङ र दयाहाङ राईको लगानी छ । फिल्मको सहनिर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठको छायाँकन र निर्देशक गुरुङको लेखन छ ।