६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका असन्तुष्ट समुहको बैंठक सम्पन्न, पार्टीको नाम नेपाल कम्युनिष्ट नै राख्ने



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का असन्तुष्ट समुहको बैंठक सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बैठकले समसामयिक राजनीतिक विषयवस्तु र पार्टीका महत्वपुर्ण विषयमा गम्भीर ढंगले छलफल गरी निम्न निर्णयहरु पारित गरिएको नेकपाको केन्द्रीय समानान्तर सचिवालयका संयोजक युवराज सफलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

सो बैठकले पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै राख्ने र यही नाममा समान्तर पार्टी गतिविधि गर्ने निर्णय सर्वसम्मत पारित गरेको छ। पार्टीको सचिवालय गठन सम्बन्धमा १३ सदस्यीय केन्द्रीय समानान्तर सचिवालय गठन गर्ने निर्णय गरेको हो।

जसको अध्यक्षमा युवराज सफल, वरिष्ठ नेता डा. मोजराज बगाले, वरिष्ठ नेता डिबी थापा, वरिष्ठ नेता सिद्धार्थ अधिकारी, वरिष्ठ नेता भोजराज श्रेष्ठ, महासचिव डिबी बुढा, सचिवालय सदस्यहरु शुशिल योगी, राजकुमार हुमागाई, धिरेन्द्र झा, जेएन घिमिरे, पुरुषोत्तम गजुरेल,आशिष तामाङ्ग र राम बुढाथोकी रहेका छन् ।

त्यस्तै, भेलाले पार्टी भेला तथा पुर्ण केन्द्रीय समिति घोषणा समेत गर्ने भएको छ । तत्कालीन नेकपा (माओवादी)केन्द्रमा एकीकरण गरेका ४२ भन्दा बढी राजनीतिक पार्टी र तत्कालीन नेकपा (एमाले)र (माओवादी) केन्द्रका जिम्मेवारीविहिन केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य लगायतको भेला मिति २०७६ असोजमा बोलाई सोही बृहत भेलाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुर्ण केन्द्रीय समानान्तर समिति घोषणा गर्ने र त्यति बेलासम्म यही केन्द्रीय सचिवालयले नै कार्यकारी भुमिका खेल्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख छ ।