६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व वरियतामा सिटी शीर्ष स्थानमा, बार्सिलोना र रियल मड्रिड काँहा ?



अ+ अ-

काठमाडौं । फाइभथर्टीएट डटकमले सार्वजनिक गरेको विश्व फुटबल वरियतामा इंलिस क्लब म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहन सफल भएको छ ।

यस्तै वरियताको दोस्रो स्थानमा जर्मन क्लब वायर्न म्युनिख पर्न सफल भएको छ । यसैगरी इंलिस क्लब लिभरपुल तेस्रो, स्पेनिस क्लब बार्सिलोना चौंथो र इंलिस क्लब चेल्सी पाँचौं स्थानमा परेका छन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छैटौं स्थानमा रहँदा स्पेनिस क्लब रियल मड्रिड सातौं स्थानमा रहेको छ । यस्तै स्पेनिस एट्लेटिको मड्रिड आठौं, ग्रिसको ओलम्पिकास नवौं र नेदरल्यान्ड्स क्लब आयाक्स दशौँ स्थानमा छन्। अन्य इंलिस क्लबहरु टोटेनहम १२ आर्सनल २८ र म्यानचेस्टर युनाईटेड ३४ औं स्थानमा रहे । इटालियन क्लब युभेन्ट्स भने १५ औं स्थानमा परेको छ ।

यता म्यानचेस्टर युनाइटेडका ह्यारी मग्वाइर विश्वकै महंगा डिफेन्डर बनेका छन् । कीर्तिमानी रकममा लेस्टर सिटीका मग्वाइरलाई युनाइटेडले ८० मिलियन पाउन्डमा अनुबन्धित गरेको हो ।

योभन्दा अघि लिभरपुलले भान डाइगको लागि ७५ मिलियन खर्च गरेको थियो ।मग्वाइर म्यानचेस्टर सिटीसँगमा पनि आबद्ध भैसकेका खेलाडी हुन् । उनको सोमबार युनाइटेड प्रवेशका लागि मेडिकल जाँच पूरा भएको छ ।

मिगुइर २०१७ मा हुल सिटीबाट १७ मिलियन पाउन्डमा लेस्टर सिटिमा अनुबन्धित भएका थिए । उनि २६ वर्षका छन् । उनले लेस्टर सिटीसँग रहेर किङ पावर स्टेडियममा ७६ खेलमा सहभागी भएका छन् ।

उनले लेस्टर सिटीमा रहेर २० खेल जितेका छन् ।