६ असार २०८३, शनिबार
,
Latest
स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भानुजयन्तीमा राष्ट्रकवि घिमिरेलाई रथारोहण र अभिनन्दन



अ+ अ-

काठमाडौं । २०६ औं भानुजयन्तीको अवसरमा आइतबार राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरिएको छ ।

भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्रमार्फत् सम्मान पनि गरिएको हो ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्र प्रदान गरेर सम्मान गरेका हुन् । भानु प्रतिष्ठान, अन्तराष्ट्रिय नेपाली साहित्य समाज, नेपाली साहित्य परिषद सिक्किम, असम नेपाली साहित्य सभा, नेपाली साहित्य परिषद, मणिपुर, नेपाल जनसांस्कृतिक मंच, कोलकोता, अखिल म्यान्मार देशीय हिन्दु धार्मिक संघ, म्यान्मारले भानुजयन्तीको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई दोसल्लासहित अभिनन्दन पत्रद्धारा सम्मान गरेको हो ।

भानु जयन्तीकै अवसर पारेर राष्ट्रकवि घिमिरे र उनकी पत्नी महाकाली घिमिरेलाई रथारोहण पनि गराइएको थियो ।

त्यस अवसरमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलले भानु जयन्तीको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गर्न पाउनु गर्वको विषय भएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनु भएको राष्ट्रकवि घिमिरेको सुश्वास्थ्य र दीघार्यूको शुभकामना सन्देश पनि पढेर सुनाएका थिए ।

कार्यक्रममा बोल्दै अभिनन्दित व्यक्तित्व राष्ट्रकवि घिमिरेले विश्वभरमा छरिएर रहेका नेपाली भाषीहरुले आफूलाई सम्मान गरेकोमा आभार व्यक्त गर्नुभयो । उनले युग अनुसार नेपालीका बारेमा मात्रै सोच्ने कविको रुपमा भानुभक्त आचार्यलाई चित्रण गरे । राष्ट्रकवि घिमिरेले विश्वमा छरिएर रहेका सबै नेपालीहरुलाई भाषाको माध्यामबाट एउटै सुत्रमा बाँध्ने भानुभक्त आचार्य सबैका पूजनीय व्यक्तित्वको रुपमा सदा रहिरहनुपर्ने पनि उल्लेख गरे।

त्यस अवसरमा राष्ट्रकवि घिमिरेले नेपाली भाषा र साहित्यप्रति माया गर्ने सबै नेपाली भाषीहरुप्रति सम्मान पनि व्यक्त गरे ।

यसअघि भानु जयन्तीकै अवसर पारेर राष्ट्रकवि घिमिरे र उहाँकी धर्मपत्नी महाकाली घिमिरेलाई रथारोहण पनि गराइएको थियो । त्यसैगरी काठमाण्डौको कमलादीमा रहेको भानुभक्तको शालिकमा माल्यार्पणसमेत गरिएको थियो । माल्याअर्पण समारोहमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीलगायतका साहित्यिक व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

रामायणलाई नेपालीमा अनुदान गरेर भानुभक्तले नेपाली भाषालाई एकताको सुुत्रको बाँध्न पुर्‍याउनु भएको योगदान अतुलनीय रहि आएको छ । त्यसैगरी आदिकवि भानुभक्त आचार्यले लेख्नु भएको बधु शिक्षा, प्रश्नोत्तरलगायतका साहित्यिक कृतिहरु नेपाली भाषीका लागि आइतबार पनि उत्तिकै प्रिय छ ।