६ असार २०८३, शनिबार
,
Latest
स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगोलागी, तीन नेपालीको मृत्यु



अ+ अ-

काठमाडौं । कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगो लाग्दा तीन जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीका विजय बैठा र अरु दुई जना महिला छन्।

शनिबार राति भएको आगलागीमा परेर अरु केही घाइते भएको र ती नेपाली हुन् या होइनन भन्ने पहिचान हुन नसकेको दूतावासको भनाई उदृत गर्दै परराष्ट्रमन्त्रालयका सहायक प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।

मृतक महिलाहरु अप्सरा कामी र गौरी दर्जीको नेपालको ठेगाना खुल्न नसकेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

आगलागीमा परेका १२ जनाको उद्धार गरिएको छ । आगलागी भएको स्थान महाबुल्लाहमा उल्लेख्य मात्रामा नेपाली कामदार बस्दै आएका छन् ।