६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा मलेसिया ७ विकेटले पराजित, पारसको सानदार ब्याटिङ



अ+ अ-

क्वालालम्पुर । पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले मलेसियामा भएको मलेसियाविरुद्ध टी–ट्वीन्ट सिरिज अन्गर्तगत पहिलो खेलमा सानदार जित हात पारेको छ ।

मलेसियाको किनरारा मैदानमा भएको खेलमा नेपालले मलेसिलाई ७ विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो ।

१२९ रनको लक्ष्य नेपालले १८.२ ओभरमा विकेट ७ गुमाएर पूरा ग¥यो । नेपालको जितका लागि कप्तान पारस खड्काले एकल प्रदर्शन गरे । ५० बलमा ८६ रन बनाएका उनले ८ चौका र ५ छक्का प्रहार गरे । त्यसैगरी सरद भेषवाकरले १६ रनको योगदान गरे । प्रदीप ऐरीले ८ ज्ञानेन्द्र मल्ले ७ रोहितकुमार पौडेलले ५ रन जोडे ।

मलेसियाका लागि मोहमद अनवारले नेपालको २ विकेट लिए । फित्री सामले १ विकेट लिए ।

ब्याटिङतर्फ उत्कृष्ट सुरुवात गरेको मलेसियाले पछि निरन्तर विकेट गुमाउँदा मध्यम स्कोर मात्रै बनाउन सक्यो । मलेसियाका लागि बिरानदीप सिंहले सर्वाधिक ५७ रन बनाए । अहमद फैजले ४५ रन र फित्री सामले १२ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

नेपालका लागि करण केसीले मलेसियाको ३ विकेट लिए । सन्दीप लामिछाने र वसन्त रेग्मीले २–२ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए । करणले अन्तिम ओभरमा ३ विकेट लिन सफल भए।

नेपालले यही जुलाई २० देखि सिंगापुरमा हुने एसिया टी ट्वान्टी विश्वकप छनोट खेल्दैछ । सोही प्रतियोगिता अगाडी अभ्यासका लागि नेपालले मलेसियासँग दुई २ टी–ट्वीन्ट प्रतियोगिता खेल्न लागेको हो ।

अर्को खेल नेपालले सोही मैदानमा आइतबार खेल्दैछ । यस प्रतियोगिता खेलेर नेपाल उतैबाट एसिया टी ट्वान्टी विश्वकप छनोट खेल्न सिंगापुर जानेछ ।