६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनानबाट सिरियाली शरणार्थी फर्के



अ+ अ-

बेरुत । लेबनानबाट ९ सय भन्दा बढी सिरियाली शरणार्थी बिहीबार आ –आफ्नो घर फर्केका छन् ।

लेबनानको राजधानी बेरुतसहित सिडोन र बेकाआबाट ती शरणार्थीहरु फर्केका यहाँको स्वतन्त्र पत्रिका एल्नासराले जनाइएको छ ।

लेबनानी सेनाको निरीक्षणमा ती शरणार्थीहरु फर्केका बताइएको छ । फर्केका ती शरणार्थीहरुको नामावली संयुक्त राष्ट्र संघीय शरणार्थी उच्च आयोग (युएनएचसिआर) ले सिरियामा रहेका युएनएचसिआरको शाखा कार्यालयलाई जानकारी दिएको छ ।

ती शरणार्थीहरुलाई कुनै प्रकारको सहयोगको आवश्यता परेमा सो सिरियामा रहेको युएनएचसिआरको कार्यालयले सहयोग गर्ने बताइएको छ ।

लेबनानमा शरणार्थीको रुपमा दर्ता भएका सिरियाली शरणार्थीको सरकारको अनुमानित सङ्ख्या ९ लाख ७६ हजार रहेको युएनएचसिआरले जनाएको छ । तर लेबनानमा १५ लाख सिरियाली शरणार्थी रहेका छन् ।
सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

उक्त गृहयुद्धमा अलकायदा र इस्लामिक स्टेट्स (आइएस) जस्ता आतङ्ककारी समूह हाबी हुदै गयो । उक्त आन्दोलनमा परी सन् २०११ देखि हालसम्म ३ लाख ७० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसेकेको छ ।
लाखौ व्यक्ति घाइते भएका छन् भने लाखौ देशभित्र र छिमेकी देशका शरणार्थीको जीवन यापन गरिरहेका छन् ।