६ असार २०८३, शनिबार
,
Latest
रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोग्वाको यु ट्रनः बार्सिलोनापछि मड्रिडमा चासो



अ+ अ-

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोउल पोग्वालाई स्पेनिस क्लब रियल मड्रिडले ल्याउन प्रयास गरिरहेको छ ।

युनाइटेडका प्रशिक्षक ओल गुनार सोल्सकेएरले आफूहरु पोग्वालाई बेच्न तयार नरहेको बताएका छन् । पोग्वा टिमका लागि कुनै समस्या होइन भन्दै उनले नयाँ सिजनमा उनका लागि नयाँ योजना क्लबभित्रै बनिरहेको बताएका छन् ।

प्रशिक्षकले पोग्वाको सम्बन्धमा यस्तो बताइरहे पनि उनी स्वयं भने क्लब छाड्ने मनस्थितिमा नै देखिन्छन् । मड्रिडका प्रशिक्षक जिनेदिने जिदान पहिलेदेखि नै पोग्वाका प्रशंसक भएकाले पनि उनको आगमनलाई मड्रिड व्यवस्थापनले सकारात्मक रुपमा हेरिरहेको छ ।

पोग्वाका एजेन्ट मिनो रायोलाले पनि २६ वर्षका पोग्वाले म्यानचेस्टर युनाइटेड छाड्न नै चाहेको बताइरहेका छन् । सबैले स्वीकार गर्न सक्ने कुनै प्रस्तावको खोजीमा आफूहरु रहेको भन्दै एजेन्ट मिनोले पोग्वाको धारणा अघि सारे । पोग्वाले केही दिनअघि भनेका थिए, ‘अब नयाँ चुनौतीका लागि समय आएको छ ।’

‘एजेन्टले के भनिरहेको छ भन्ने कुरामा म केही भन्न चाहन्न । पोग्वाको हामीसँगको सम्झौता अझै केही वर्ष बाँकी छ । उनी गजवका खेलाडी हुन्, हामीसँगै रहने छन्’ प्रशिक्षक सोल्सकेएरले भनेका छन् ।

‘हामी म्यानचेस्टर युनाइटेड हौं, खेलाडी बेच्न जरुरी पनि छैन, धेरै खर्च गरेर किन्न आवश्यक पनि छैन’ प्रशिक्षक सोल्सकेएरले भने, ‘जहाँसम्म मलाई थाहा छ, हामी त्यस्तो कुनै पनि योजनामा छैनौं ।’

म्यानचेस्टर युनाइटेड पोग्वालाई बेच्ने हो भने उनी सरहको नयाँ खेलाडी ल्याउने अवस्थामा नरहेकाले पनि उनलाई गुमाउन चाहँदैन । गएको सिजन प्रिमियर लिगमा छैठौं स्थानमा रहेको युनाइटेड आउने सिजन युरोपा लिगमा रहेकाले पनि विश्वस्तरीय खेलाडीको छनोटमा अहिले युनाइटेड छैन । पोग्वाले क्लब छाड्न चाहनुका पछाडि पनि च्याम्पियन्स लिग खेल्ने इच्छा प्रबल देखिन्छ ।

अहिले प्रि सिजन टुरमा अस्ट्रेलियामा रहेका पोग्वा त्यहाँ क्बलसँगको कुराकानीमा नै छन् । प्रशिक्षक सोल्सकेएरसँग आफू रियल मड्रिड जान चाहेको पोग्वाले बताइरहेका छन् । तर युनाइडेटको अनिच्छाबीच मड्रिडले पोग्वालाई ल्याइहाल्न सहज भने छैन । उनका लागि १८० मिलियन युरो खर्च गर्न मड्रिड व्यवस्थापनलाई चुनौती नै हुने छ ।

१९९९ मा युथ टिम रोसी एन ब्री, टोर्सी हुँदै ले हार्भेबाट म्यानचेस्टर युनाइटेड पुगेका पोग्वा २०११ देखि २०१२ सम्म म्यानचेस्टर युनाइटेडको सिनियर टिमबाट पनि खेले । त्यहाँबाट युभेन्टस लागेका उनी २०१६ सम्म युभेन्टसमै थिए । २०१६ मा म्यानचेस्टर युनाइटेडमा नै फर्किएका पोग्वाले सन्तुलित खेल देखाइरहे पनि सन्तुष्ट भने हुन सकेका छैनन् ।

फ्रान्सबाट विश्वकप विजेता पोग्वा रियल मड्रिडमा गएर नयाँ उचाइ पाउन चाहन्छन् । तर म्यानचेस्टर युनाइटेडले बेच्न नचाहनु नै उनको लागि बाधक बनिरहेको छ ।