६ असार २०८३, शनिबार
,
Latest
आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलको सर्वाधिक ठूलो खानी उद्योगमाथि जरिवाना



अ+ अ-

रियो डे जेनेरियो । ब्राजिलको सर्वाधिक ठूलो भेल नामको खानी उद्योगको बाँध भत्किएर पीडित भएकाहरुका परिवारलाई जरिवाना तिर्न यहाँको एक अदालतले आदेश दिएको छ । गत जनवरीमा भएको भिषण दुर्घटनामा २५० जनाभन्दा बढी कामदारको मृत्यु हुनुका साथै भौतिक संरचनामा व्यापक क्षति पुगेको थियो ।

न्यायाधीश एल्टोन पुपो नोगुराले जारी गर्नुभएको आदेशमा भेलले जनधनको क्षतिबापत क्षतिपूर्ति तिर्नुपर्ने उल्लेख छ, तर आदेशमा रकम तोकिएको छैन ।

बाँध भत्किएर भएको नोक्सानी स्वरुप मानिसको जीवन मात्र गएको छैन, यसबाट वातावरणीय असरका साथै आर्थिक क्षति पनि समावेश छ, अदालतको आदेशमा भनिएको छ ।

बाँध भत्किएर पुगेको क्षतिका बारेमा कम्पनीका तर्फबाट प्रतिवाद नगरिएको अदालतले जनाएको छ ।

गत जनवरी २५ मा ब्राजिलको मिनास गराइज राज्यको ब्रुमाडिन्होमा भेल कम्पनीको बाँध भत्किएको थियो । बाँध भत्किएपश्चात बगेको लेदो माटोले नजिकका घर, खेत र सडक समेतमा व्यापक क्षति पुगेको थियो ।

उक्त दुर्घटनाका कारण हालसम्म २४८ जनाको शव फेला परिसकेको र अरु २३ जना हराइरहेका छन् । दुर्घटना पश्चात् ब्राजिली न्यायिक अधिकारीहरुले भेल कम्पनीको करिब तीन अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रोक्का गरेका छन् ।