६ असार २०८३, शनिबार
,
Latest
रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलुखुम्बु जादै गरेको बस दुर्घटना, ३ जनाको मृत्यू



अ+ अ-

सोलुखुम्बु । काँकरभिट्टाबाट सोलुखुम्बु जादै गरेको बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यू भएको छ भने १४ जना घाइते भएका छन्। ओखलढुंगाको मानेभन्ज्याङ स्थित डडुवामा बस दुर्घटना भएको हो ।

मे १ ख १८९१ नम्बरको बस बुधबार बिहान करिब ४ बजे दुर्घटना हुँदा बसका चालक झापा घर भएका कृष्ण बहादुर बस्नेत, सोलुदुधकुण्ड नगरपालिका ५ की माया थापा र सिन्धुली कमलामाईका लाल बहादुर धाँमीको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार गम्भीर घाइते ३ जनालाई उपचारका लागि काठमाण्डौ पठाईएको र अन्यलाई घाइते पनि काठमाण्डौ पठाउने तयारी गरिएको छ। बस सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन्।