६ असार २०८३, शनिबार
,
Latest
रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा काभ्रेबाट एकजना पक्राउ



अ+ अ-

काठमाडौं । सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई काभ्रेबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाका खगेन्द्र प्रसाद पाठक रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाका अनुसार बनेपास्थित चार दोबाटो भन्ने स्थानबाट सोमबार दिउँसो पक्राउ गरिएको हो ।

उनी लोकसेवा आयोगको परीक्षा तयारीका क्रममा काभ्रेमा बस्दै आएका थिए । काभ्रेमा दुई साताअघि एक युवतीले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीले उजुरी दिएकी थिइन् ।

सिरिन्ज आक्राणमा उनको संलग्नता रहेको भन्दै स्थानीयले दिएको सूचनामा आधारमा उनी पक्राउ परेको बताइएको छ ।