६ असार २०८३, शनिबार
,
Latest
रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति अमेरिका प्रस्थान



अ+ अ-

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन थापा ४ सदस्यीय टोलीको नेतृत्व गर्दै सोमबार बिहान थापा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, प्रधानसेनापति थापा भ्रमणको दौरानमा ब्रिटिस आर्मड पोलिस फोर्सेस्ले जुलाई १० मा आयोजना गर्ने फस्र्ट वमन, पिस एण्ड सेक्युरिटी नेटवर्क मिटिङ र त्यसको भोलिपल्ट हुने चिफ् अफ डिफेन्स कन्फ्रेन्समा सहभागी हुनेछन् ।

थापा साउन १ गते स्वदेश फर्कने छन् । त्यस अवधिसम्मका लागि थापाले बलाधिकृत रथी शरदकुमार गिरीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकेका छन् ।