२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सार्क फिल्म फेस्टिवल’ मा नेपाललाई दुई अवार्ड, स्वस्तिमाको हातमा जुरी अवार्ड



अ+ अ-

काठमाडौं । श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको ‘सार्क फिल्म फेस्टिवल’ मा नेपालले दुई अवार्ड हात पारेको छ । चलचित्र ‘बुलबुल’ बाट नायिका स्वस्तिमा खड्काले ‘स्पेशल जुरी अवार्ड– पर्फमेन्स’ जितेकी छन् ।

स्वस्तिमाले बुलबुलमा निर्वाह गरेको भूमिकालाई उत्कृष्ट ठहर्‍याउँदै जुरीले अवार्ड प्रदान गरेको हो । यसअघि सोही फेस्टिवलमा नायिका गरिमा पन्तले ‘झोला’ चलचित्रमार्फत् उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् ।

त्यस्तै छोटो चलचित्र ‘टाटिनी’ले विशेष मान्यता पुरस्कार (स्पेशल रिकग्नाइजेशन) अवार्ड प्राप्त गरेको छ । ‘टाटनी’लाई अविनाश विक्रम शाहले निर्माण गरेका हुन् ।

चलचित्र विकास बोर्ड नेपालले यस वर्ष ‘सार्क फिल्म फेस्टिबल’मा ‘प्रसाद’ र ‘बुलबुल’ प्रतिष्पर्धा विधामा पठाएको थियो । ‘हरी’ चलचित्रले भने त्यहाँ सहभागिता मात्र जनाएको थियो । त्यस्तै सर्ट फिल्ममा मनोजबाबु पन्तको ‘अवशेष’ लाई पनि विकास बोर्डले प्रतिष्पर्धामा पठाएको थियो ।

सार्क फिल्म फेस्टिवलमा सहभागी हुन नायिका स्वस्तिमा खड्का र प्रसाद निर्देशक दिनेश राउत कोलम्बो पुगेका थिए ।




भर्खरै