६ असार २०८३, शनिबार
,
Latest
ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सपनाहरू -फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ : नेपाल फाइनलमा प्रवेश



अ+ अ-

काठमाडौं । नेपालको क्रिकेट टोली एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को फाइनलमा प्रवेश गरेको छ ।सोमबार आयोजक मलेसियालाई सात विकेटले पराजित गर्दै नेपालले फाइनलमा प्रवेश गरेको हो ।

किनरारा ओभलमा आयोजना भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।नेपाली बलरहरुले कसिलो बलिङ गर्दै मलेसियालाई ४०.५ ओभरमा ८७ रनमा सिमित गर्यो ।
मलेसियाका लागि मोहमद अमिरले सर्वाधिक २४ रनको योगदान दिए ।अरु खेलाडीहरुले दोहोरो अकं छुन सकेनन् ।

मलेसियाको ब्याटिङलाई ध्वस्त गर्ने क्रममा सागर ढकालले तीन विकेट लिए भने कुशल मल्लले २ विकेट लिए ।तिलक राज भण्डारी, रसिद खान र कमल सिंह ऐरीले १–१ विकेट लिए ।

जीतका लागि ८८ रनको झिनो लक्ष्य पाएको नेपालले उक्त लक्ष्य मात्र १५.५ ओभरमा ७ विकेट गुमाएर पछ्यायो ।नेपालका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । यता कप्तान रोहित कुमार पौडेलले ३१ रनको योगदान दिए ।

ओपनर पवन सर्राफले १८ रन बनाए । अब नेपालले फाईनलमा हङकङ र सिङ्गापुरको विजेतासँग भिड्नेछ ।