६ असार २०८३, शनिबार
,
Latest
ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सपनाहरू -फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैर आवासीय नेपालीलाई डा.महतको आग्रह



अ+ अ-

काठमाडौ । नेपाली काँग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालको विकासमा अधिकतम प्रयोगमा ल्याउन गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।

डा. महतले गैरआवासीय नेपालीका रुपमा जहाँ गएर बसेको भए पनि त्यो पहिचान बनाउने आफ्नो मातृभूमिप्रतिको दायित्व नबिर्सिन विश्वमा रहेका नेपालीहरुलाई आग्रह गरे ।

म्यान्मारको यांगुनमा आजदेखि शुरु भएको गैरआवासीय नेपाली सङ्घको एशिया तथा प्रशान्त क्षेत्रको सातौँ बैठकलाई सम्बोधन गर्दै उनले भने– ‘तपाईंहरु संसारको कुनै पनि देशमा भए पनि यो हैसियत निर्माण गरिदिने आफ्नो मातृभूमि हो भन्ने वास्तविकता बुझेर देशको विकासका लागि हर समय लाग्नुहोला यो मेरो आग्रह छ ।

विदेशमा प्राप्त गरेको ज्ञान र सिपलाई नेपालमा लगाउन सक्ने हो भने संसारमा छरिएर रहेका नेपालीले समृद्ध र समुन्नत नेपालको निर्माण गर्न धेरै समय लाग्दैन– उनको भनाई थियो ।

गैर आवासीय नेपालीलाई पनि नेपाली नागरिकता र राजनीतिक बाहेक अरु सबै प्रकारका अधिकारहरु संविधानमा राख्ने क्रममा आपूmले विशेष भूमिका निर्वाह गरेको उनले स्मरण गरे ।

उनले भने– म संविधान सभाको संविधान मस्यौदा समितिको सदस्य हुँदा यही विषय हेरेको थिएँ र नेपाली मन र नेपालीपनलाई आगामी दिनमा पनि निरन्तरता होस् भनेर नागरिकताको अवधारणा ल्याएर त्यसलाई पास गर्ने काम गरेको हुँ ।  

उनले देशको आर्थिक तथा विश्वमा नै पूँजी र प्रविधिको विकास र आदानप्रदान गर्न सकिने एक प्रभावकारी मञ्चका रुपमा गैर आवासीय संघलाई लिएकोले यस अभियानको सहयोग र प्रवर्धनमा आफूले सधैँ सघाउँदै आएको धारणा पनि राखे ।

डा. महतले नेपाल सरकारका अहिलेकै क्रियाकलापबाट देशमा आर्थिक विकास र समृद्धि सम्भव नभएको बताए । उनले भने– देशको अर्थतन्त्र प्रतिदिन ह्रासोन्मुख हुदै गएको छ, सरकारले मुलुकको अर्थतन्त्रलाई चलायमान र उर्भर बनाउने खालका नयाँ नयाँ कार्यक्रमहरु ल्याउन सकेको छैन ।

सरकारले नेपालमा वैदेशिक लगानी भित्र्याउन नसकेको उनको भनाई थियो । सरकारले विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि वातावरण बनाउन नसकेको उनको भनाई थियो ।

आजै पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र म्यान्मारका अन्तर्रा्ष्ट्रिय सहयोग मन्त्री यु क्या तीनबीच म्यानमारको यांगुनमा भेटवार्ता भएको थियो । भेटका क्रममा दुई देशबीचको आपसी हित र सम्बन्धका साथै द्विपक्षीय सहयोग आदानप्रदानका विविध क्षेत्रका बारेका कुराकानी भएको थियो ।    

नेपाल र म्यान्मारबीच सांस्कृतिक, धार्मिकलगायतका धेरै क्षेत्रमा समानता रहेको विषयमा उहाँहरुबीच कुराकानी भएको डा महतले बताए । म्यान्मारमा ठूलो सङ्ख्यामा नेपालीभाषी नागरिकहरु बस्ने भएकाले नेपाली संस्कृति, परम्पराका साथै धेरै कुराहरुको आदानप्रदान र समानता रहेकाले दुई देशबीच मित्रवत् सम्बन्ध रहेको सो अवसरमा चर्चा गरिएको थियो ।    

भगवान गौतम बुद्धको जन्मस्थल नेपालप्रति म्यान्मारका बौद्धमार्गी तथा सबै नागरिकको ठूलो आस्था र श्रद्धा रहेको आफूले पाएको जानकारी डा महतले बताए ।

आजदेखि यांगुनमा शुरु भएको गैरआवासीय नेपाली सङ्घको एशिया तथा प्यासिफिक क्षेत्रीय सातौँ बैठक दुई दिन चल्ने छ । उक्त बैठकमा एशिया तथा प्रशान्त क्षेत्रका गैरआवासीय नेपाली सङ्घका नेता तथा प्रतिनिधिको सहभागिता छ ।    

–––