६ असार २०८३, शनिबार
,
Latest
युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईई पूरक परीक्षाको तालिका संशोधन, यस्तो छ नयाँ तालिका



अ+ अ-

काठमाडौं । यसअघि राष्ट्रिय परीक्षा बोर्डले साउन २६ र २७ एसईई पुरक परीक्षाको तालिका संशोधन गरेको छ । बोर्डले परीक्षा भदौ १ गतेदेखि ११ गतेसम्म सारेको छ ।

बोर्डका अनुसार भदौ १ गते अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली र अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा राखेको छ भने भदौ २ गते गैह्र नेपाली विद्यार्थीहरुका लागि अंग्रेजी विषयको परीक्षा निर्धारण गरिएको छ । भदौ ३ गते अनिवार्य गणित र भदौ ४ गते अनिवार्य विज्ञान विषयको परीक्षा सञ्चालन हुने बोर्डको संशोधित तालिकामा उल्लेख छ ।

भदौ ५ गते प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट एण्ड मार्केटिङ, इन्जिनियरिङ ड्रइङ्ग, कम्प्युटर रिपेयर एन्ड मेन्टेनेन्स र बेसिक म्युजिक विषयको परीक्षा हुने छ । भदौ ६ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, अनिवार्य संस्कृत भाषाको परीक्षा हुने छ ।

भदौ ६ गते नै प्राविधिकतर्फ अक्वाकल्चर एण्ड फिसरिज, इलेक्ट्रिकल मेजरमेन्ट एण्ड इन्स्ट्रुमेन्ट, कम्प्युटर नेटवर्क, इन्जिनियरिङ सर्भे र म्युजिक अफ नेपालको परीक्षा हुने छ । भदौ ७ गते शनिबार ऐच्छिक प्रथमका सबै विषयहरु र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुने बोर्डले जनाएको छ ।

भदौ ८ गतेदेखि ११ गतेसम्म प्राविधिकतर्फका अन्य विषयहरुको परीक्षा निर्धारण गरिएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी पूरक (ग्रेड वृद्धि) परीक्षामा सहभागी हुन पाउने छन् । २ विषयमा अनुपस्थित विद्यार्थीले पनि परीक्षामा सहभागी भएर लाभ लिन सक्ने बोर्डले जनाएको छ ।