६ असार २०८३, शनिबार
,
Latest
युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अछामका वडा कार्यालयमा विप्लव समूहको तालाबन्दी



अ+ अ-

अछाम । स्थानीय सरकारका वाडा कार्यालय विप्लव समूहले तालावन्दी गरेको छ । पार्टीको सेती महाँकाली ब्यूरोले १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेको हो ।

जिल्लाको सदुरमुकाम मंगलसैन नगरपालिकाको वडानम्वर १ कुन्ती, १३ बस्ती, ढकारी गाउँपालिकाको वडानम्वर २ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडानम्वर २ भुलु र ७ तोषि, पञ्चदेवल बिनायक नगरपालिकाको कालेकाँडा, बाराला, लयाँटी र पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडानम्वर ३ शान्तडा, ४ बाटुलसैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दि गरिएको विप्लव समूह निकट श्रोतले जानकारी दिएको छ ।

“पार्टीको घोषित नीति अन्र्तगत असार २२ गते सरकारी कार्यालयमा तालाबन्दि गर्ने कार्यक्रम अनुरुप पहिलो चरणमा वडा कार्यालयहरुमा तालाबन्दि गरिएको हो ।” श्रोतले भन्यो । यता मंगलसैन नगरपालिका वडानम्वर १ का वडा अध्यक्ष गोपाल थापाले कार्यालय ताला तोडेर छुट्टै ताला झुण्ड्यायको जानकारी दिनुभएको छ ।

वडा कार्यालयमा तालाबन्दि कसले र कतिबेला गरेको हो भन्ने जानकारी नभएको भन्दै थापाले राती नै लगाएको हुनसक्ने बताउँनुभयो ।

“वडा कार्यालयको ताला तोडेर नजिकै फालिएको छ, र अर्को ताला लगाईएको छ ।” वडा अध्यक्ष थापाले भन्नुभयो “संगै दलाल पुजीवादी संसदीय ब्यावस्था अन्त्य गरौं, सामाजिक दलाल पुजीवादी सरकार खारेज गरौं, नेपाल कम्यूनिष्ट पार्टी सेती महाँकाली ब्यूरो भनेर पर्चा टाँसिएको छ ।”

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले भने अहिलेसम्म पञ्चदेवल बिनायक नगरपालिकाको पुल्लेतोला स्थित वडा कार्यालयमा तालाबन्दी भएको खबर प्राप्त भएको र प्रहरी पठाएर ताला खोलिने जानकारी दिनुभयो ।

विप्लव निकट नेपाल कम्यूनिष्ट पार्टी अछामले १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेको भनेपनि के कति वडा कार्यालयमा तालाबन्दि भएको हो भन्ने कुरा एकिन भएको छैन ।