६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायात व्यवस्था कार्यालय वीरगञ्जबाट तीन जना विचौलिया पक्राउ



अ+ अ-

वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले यातायात व्यवस्था कार्यालयमा विचौलियाको काम गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका नं. १५ लक्ष्मणवा बस्ने २० वर्षीय विनयकुमार गुप्ता, सोही ठाउँ बस्ने १८ वर्षीय शिव शम्भु यादव र बारा जिल्ला फेटा गाउँपालिका घर भइ वीरगञ्ज महानगरपालिका वडा नं १५ लक्ष्मणवा बस्न २० वर्षीको श्यामसुन्दर साह रहेका छन् ।

बुधबार दिउँसो उनीहरुलाई यातायात व्यवस्था कार्यालय वीरगञ्जको सवारी शाखाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यातायात ब्यवस्था कार्यालय वीरगञ्जको सवारी शाखामा सेवाग्राहीसँग कार्यालयमा लाग्ने दस्तुर भन्दा बढी रकम लिएर काम गराइदिन्छु भनिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।