२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता आदित्यले नशालु पदार्थ खुवाएर अभिनेत्रीको बलात्कार गरेको आरोप



अ+ अ-

भारतीय अभिनेता आदित्य पन्चोलीले नशालु पदार्थ खुवाएर आफूलाई पटक पटक बलात्कार गरेको एक भारतीय अभिनेत्रीले दाबी गरेकी छन् ।

भारतीय संचार माध्यमका अनुसार बलिउड स्टार बन्ने सपना बोकेर मुम्बइ आएकी ती अभिनेत्रीले सन् २००४ मा पन्चोलीलाई एउटा पार्टीमा पहिलोपटक भेटेकी थिइन् । त्यसबेला पन्चोलीले उनको पेय पदार्थमा नशालु पदार्थ मिसाएको र आफूलाई चक्कर लागेको अदालत समक्ष दिएको बयानमा उल्लेख छ ।

त्यसपछि पन्चोलीले घर छोड्ने बहानामा गाडीमा आफ्ना अश्लील फोटोहरु खिचेको र त्यो देखाएर बलात्कार गरेको उनको बयानमा छ । यसरी पटक पटक ब्ल्याकमेल गर्दे बलात्कार गर्ने र पैसासमेत माग्ने गरेको उनको दाबी छ ।

यो क्रम सन् २००४ देखि २००७ सम्मै चलेको उनले बताएकी छन् । त्यसबीच आफूले एक बरिष्ठ प्रहरी अधिकारीसमक्ष सबै कुरा बताए पनि पन्चोलीविरुद्ध कुनै कारवाही नभएको उनको भनाई छ । अहिले भने मुम्बइ सिटी सिभिल एण्ड सेसन कोर्टले यो मुद्दामा पन्चोलीलाई जुलाई १९ सम्मका लागि धरौटीमा छाडेको छ ।




भर्खरै