६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरा बारेमा समाचार लेख्नेलाई पत्रकार भन्ने कि ‘पत्रुकार’ ?: खनाल



अ+ अ-

काठमाडौं । नेकपा वरिष्ठ नेता झलनाथ खनालले पत्रकारिता क्षेत्रलाई स्वतन्त्रता दिएको तर त्यो परिभाषित नभएको तर्क गरेका छन् ।


बुधबार  संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै खनालले अधिकारप्राप्त सञ्चार माध्यममलाई नियन्त्रणभन्दा पनि मर्यादित बनाउनुपर्नेमा जोड दिए । ‘नियन्त्रण भन्दा पनि मर्यादित बनाउनलाई यो विधेयक आएको हो’, खनालले भने, ‘विधेयकमा केही कमिकमजोरी भए विज्ञसँग बसेर छलफलपछि पारित गरौँ।’

सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिपक्षी दलका सांसदले विरोध गरेपछि ‘‘पत्रकारितालाई स्वतन्त्रता छ। तर, अभिव्यक्ति स्वतन्त्रतालाई कसरी परिभाषित गर्ने ?’, खनालले थप प्रश्न गरे, ‘जे मन लाग्यो त्यही लेख्न पाइन्छ ? मर्यादित ढंगले लेख्नु पर्दैन ?’

खनालले आफुलाई रतन्धो लागेको छ, म राति हिड्न नसक्ने कुरा उल्लेख गरेर समाचार छापेको भन्दै आपत्ति जनाए । ‘हुँदै नभएको गलत लेख्छ भने नियन्त्रण गर्ने कि नगर्ने ?’उनले भने त्यस्तोलाई पत्रकार भन्ने कि ‘पत्रुकार’ ?

प्रतिपक्षी सांसदलाई समेत खनालले आग्रह पूर्वाग्रह नराखी छलफलमा सहभागी हुन अनुरोध गरे। ‘आग्रह र पूर्वाग्रह नराखौँ’, खनालले कांग्रेस सांसदलाई अनुरोध गर्दै भने, ‘छलफल गरेर अगाडि बढौँ, सके सर्वसम्मत गरौँ, नसके बुहमतीय प्रक्रियाबाट विधेयक पारित गरौँ ।’