६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरको सदरमुकाममा शंकास्पद वस्तु फेला, वडा कार्यालयमा आगजनी



अ+ अ-

भोजपुर । भोजपुर सदरमुकाम नजिकैको देउराली सौदाचोकस्थित बुधबार विहान साढे ११ बजेतिर शंकास्पद वस्तु फेला परेको छ । रातो झोलामा राखिएको वस्तु बम भएको आशंकामा स्थानीयबासीले प्रहरीलाई खबर गरेका छन्।

देउराली चोकबाट बोखिमतर्फ जाने बाटोको सिँढीमा झोलामा शंकास्पद बस्तु फेला परेको हो । उक्त शंकास्पद बस्तु बम हुन सक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको छ । शंकास्पद बस्तु राखिएको वरपरका स्थानीयवासी त्रसित बनेका थिए । शंकास्पद बस्तु रहेको झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

यता भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१, तिम्मास्थित वडा कार्यालयमा मंगलबार राति अज्ञात समूहले तोडफोडका साथै आगजनी गरेको छ ।

वडा कार्यालयको ताला फोडेर कार्यालयमा रहेको महत्वपूर्ण कागजातलगायत कार्यालयका सामानहरुमा तोडफोड र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।

अज्ञात समूहले वडाध्यक्ष र वडा सचिवको कार्यकक्षको ताला फोडेर सामानहरु तोडफोड गर्नुका साथै कम्प्यूटर, टेबुल, कुर्सी, प्रिन्टर, इन्टरनेटका सामाग्री, महत्वपूर्ण कागजातहरु जलाएको इन्सेपेक्टर पाण्डव राजवंशीले बताए ।