६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबान लडाकूद्वारा एक जिल्ला कब्जा



अ+ अ-
file photo

अफगानिस्तान । अफगानिस्तानमा हत्या हिंसा जारी राखेका तालिबानहरुले अफगानिस्तानको एक उत्तरी जिल्ला कब्जा गरेका छन् ।

उनीहरुले मङ्गलबार बिहान उत्तरी अफगानिस्तानको उत्तरी क्वास टेपा जिल्ला कब्जा गरेको घोषणा गरेका थिए । जवाजान प्रान्तको सो जिल्ला आफूहरुले कब्जा गरेको उनीहरुले घोषणा गरेका थिए । उक्त समाचारको सो प्रान्तका प्रान्तीय गभर्नर लट्फुल्लाह अजिजीले पुष्टि गरे ।

उनीहरुले केही दिन यतादेखि सो जिल्ला कब्जाका लागि हमलाहरु गर्दैै आएका थिए । मङ्गलबार बिहान जिल्ला कब्जा गरेको बताएका छन् ।यस विषयमा थप जानकारी केही दिइएको छैन । तर उता सरकारी अधिकारीहरुले भने आगामी केही दिनमा नै आफूहरुले तालिबानका विरुद्ध थप आक्रामक कारबाही गरी सो जिल्ला फिर्ता ल्याउने बताएका छन् ।

प्रान्तीय गभर्नर लट्फुल्लाह अजिजीले भने– अफगान राष्ट्रिय सेनाले यस विषयमा गृहकार्य गर्नेछ र केही दिनमै उनीहरुको कब्जाबाट जिल्ला फिर्ता ल्याउने छ ।