६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षलाई पक्राउ गरेको विरोधमा बजार बन्द



अ+ अ-

कैलाली । प्रहरीले अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष सहितका तीनजनालाई पक्राउ गरेको विरोधमा व्यापारीहरुले अत्तरिया बजार बन्द गराएका छन् ।

बुधबार बिहान अत्तरियामा रहेको उद्योग वाणिज्य संघको सभाकक्षमा पत्रकार सम्मेलन गरिरहेका बेला इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी ज्ञानबहादुर विष्ट नेतृत्वमा गएको प्रहरी टोलीले अध्यक्ष देवकोटा, कार्यसमिति सदस्य विपिन साउदसहित तीनजनालाई पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीले देवकोटासहितका ८ जनाविरुद्ध सार्वजनिक हित विपरितको क्रियाकलाप गरेको किटानी जाहेरी परेकाले पक्राउ गरेपछि व्यापारीहरुले अत्तरिया बजार बन्द गराएका हुन ।

व्यवसायीहरुको समस्यालाई नगरपालिकाको नगरसभामा राख्न नपाएको विषयमा विरोध गर्दा मुद्दा लगाएर पक्राउ गर्नु गलत भएको भन्दै विरोध स्वरुप अत्तरियाका बजार वन्द गराइएको अत्तरिया उद्योग वाणिज्य संघका सचिव शंकर खड्काले जानकारी दिए ।

गोदावरी नगरपालिकाले असार १० आयोजना गरेको नगर परिषद्को उद्घाटन समारोहमा माइक तोडफोड गरेको, माइकको तार काटेको र कार्यक्रम विथोल्ने प्रयास गरेको भन्दै नगरपालिकाले देवकोटासहितका ८ जनाविरुद्ध किटानी दिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए। पक्राउ गरिएका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ।