६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी चौकी आक्रमणमा चार प्रहरी मारिए



अ+ अ-

अबुजा । नाइजेरियाको दक्षिणी राज्य बेएल्सामा रहेको एक प्रहरी चौकीमा बन्दुकधारीले गरेको आक्रमणमा परी चार जना प्रहरीको मृत्यु भएको छ ।

यस आक्रमणमा एक जना डिभिजनल प्रहरी र तीन जना स्थानीय प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रान्तीय राजधानी येनागोआको आगुदामा एक्पेटिआ क्षेत्रमा रहेको एक प्रहरी चौकीमा बन्दुकधारीहरुको एक समूहले सोमबार बिहान सबेरै आक्रमण गरेको राज्य प्रहरी प्रवक्ताले जानकारी दिए ।

यस आक्रमणमा परी सर्वसाधारण मारिएका वा घाइते भएका बारेमा कुनै समाचार प्राप्त नभएको प्रहरीले जनाएको छ ।