६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै बुवाको मृत्यु दर्ता बनाइ सरकारबाट १ अर्व ८ करोड क्षतिपूर्ति भराउन खोज्ने पक्राउ



अ+ अ-

काठमाडौं । सरकारी छाप, लेटरप्याड र दस्तखत कीर्ते गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको धुलीखेल बस्ने बारा निजगढका ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान ३८ वर्षीय राजनकुमार थापा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई सोमबार काठमाडौं महानगरपालिका–११ सिंहदरबार दक्षिण गेट नजिकबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट गृह मन्त्रालयको नक्कली लेटर प्याडमा लक्ष्मी अधिकारीको बुवाको मृत्यु नेपाल सरकारको कारणले भएको भनी प्रमाणित गरिएको कागजसमेत बरामद भएको छ । उक्त पत्रमा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीको कीर्ते हस्ताक्षर छ ।

उक्त कागजमा क्षतिपूर्ति स्वरुप १ अर्ब ८ करोड ७६ लाख दिने निर्णय गरिएको छ ।साथै प्रहरीले १३ थान बैंकको चेक, विभिन्न व्यक्तिहरुको राहदानी तथा नगद ४२ हजार २१० रुपैयाँसमेत बरामद गरेको जानकारी दिएको छ । यसबारे थप अनुसन्धान जारी छ ।