६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार घाटाको व्यापार गर्दैन , आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार छैनः संचारमन्त्री



अ+ अ-

काठमाडौं । सरकारका प्रवक्ता एवम् संचार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको बताएका छन् ।

मन्त्री बास्कोटाले आईफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाडने दृढता पनि व्यक्त गरे ।

मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले सो अवार्डबारे प्रश्न उठाएपछि उनले आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको प्रष्टयाएका हुन् ।

मन्त्री बास्कोटाले आईफा अवार्डको प्रसंग उल्लेख गर्दै सरकारले कुनै पनि क्षेत्रमा घाटाको व्यापार नगर्ने स्पष्ट पारे । ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सरकारले सो अवार्ड आयोजना गर्न स्विकृति दिएको उनले बताए ।

बैठकमा बोल्दै समितिका सदस्यहरुले नेपाली चलचित्र क्षेत्रका लागि केही योगदान नगरेको सरकारले बलिउडका कलाकारहरुको अवार्डका लागि एक अर्व बजेट दिने समाचार बाहिर आएको उल्लेख गर्दै आपत्ति जनाएका थिए । समितिका सदस्य रामबहादुर विष्टले राष्ट्रिय कलाकारहरुको हितमा केही गर्न नसकेको सरकारले सो अवार्डका लागि अर्ब भन्दा बढी बजेट दिन लागेको भन्दै आपत्ति जनाएका थिए ।

समितिका सदस्यहरुले निजी क्षेत्रले विभिन्न देशमा संचालन गर्दै आएको सो अवार्डको आयोजनामा नेपाल सरकारले नै लगानी गर्न किन पु¥यो रु भनि प्रश्न पनि गरेका थिए ।