५ असार २०८३, शुक्रबार
,
Latest
रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारविरुद्ध कर्णको साइकल यात्रा



अ+ अ-

काठमाडौं । भ्रष्टाचारविरुद्ध एक युवकले साइकलयात्रा गरिरहेका छन् । खोटाङको दिक्तेलबाट ३ चैत्र २०७५ बाट कर्ण श्रेष्ठले साइकलयात्रा शुरु गरी देशभर यात्रा गरिरहेका छन ।

साइकलयात्राका क्रममा उनले भ्रष्टाचारविरुद्धको अभियानलाई मुख्य उद्देश्य बनाएका छन् । देशको मुख्य समस्या नै भ्रष्टाचार भएकाले त्यसविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

आइतबार साइकलयात्राबारे जानकारी दिदै श्रेष्ठले भ्रष्टाचारमुक्त समाज निर्माण गरी धर्म र संस्कृतिको रक्षा गर्नु आजको आवश्यकता रहेको बताए । देशको प्राकृतिक स्रोत साधनको उचित सदुपयोग गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।
देशमा व्यवहारिक शिक्षा आवश्यक रहेको विषय भ्रमणबाट थाहापाएको बताए । साइकल यात्राको उद्देश्य देशको वास्तविक अवस्था बुझ्नु रहेको उनको भनाई थियो ।