५ असार २०८३, शुक्रबार
,
Latest
‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीका विश्वासपात्र प्रेमकुमार राई मुख्यसचिव बन्दै



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिएका गृहसचिव प्रेमकुमार राईलाई मुख्यसचिव बनाउन लागिएको छ ।यसअधि गृहमन्त्रालय माओवादीको पोल्टामा परेपछि राईलाई प्रधानमन्त्री ओलीले नै गृहसचिव बनाएका थिए ।

स्रोतका अनुसार राईलाई प्रधानमन्त्री नेपाल फर्कने बित्तिकै मुख्यसचिव नियुक्त गरिने बतायो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई गृहसचिवको जिम्मेवारी दिएर गृहसचिवलाई मुख्यसचिव बनाउने प्रधानमन्त्री ओलीको योजना छ ।

गत साताको मन्त्रिपरिषद् बैठकमा मुख्य सचिव लोकदर्शन रेग्मीलाई प्रधानमन्त्री ओलीले दक्षिण अफ्रिका र दक्षिण कोरिया मध्ये एक देशको राजदूत पद रोजेर मार्ग प्रशस्त गर्न सुझाव दिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।