५ असार २०८३, शुक्रबार
,
Latest
‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुकाकुको दुई गोलले बेल्जियमको जित, अर्काे खेलमा इटालीले बोस्निया हर्जगोभिनालाई हरायो



अ+ अ-

काठमाडौं । बेल्जियमले युरोकप छनोट फुटबलमा स्कटल्यान्डलाई पराजित गरेको छ ।बेल्जियमले स्कटल्यान्डलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

बुधबार बिहान समूह आईअन्तर्गत भएको खेलमा बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई गोल गर्दा एक गोल भने केभिन डे ब्रुयनले गरे ।

खेलको पहिलो हाफमा एक गोलको अग्रता बनाएको बेल्जियमले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । पहिलो हाफको अतिरिक्त समयमा लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।

खेलको ५७औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई २–० गोलको अग्रता दिलाए । त्यस्तै, खेलको अन्तिम समयमा केभिनले गोल गर्दै बेल्जियमलाई ३–० गोलको जित दिलाए ।

युरोकप छनोटअन्तर्गत नै समूह जे को खेलमा इटालीले बोस्निया हर्जगोभिनालाई २–१ गोलअन्तरले पराजित गरेको छ ।