५ असार २०८३, शुक्रबार
,
Latest
‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

खडेरी प्रभावित केन्याली नागरिकलाई चीनको सहयोग



अ+ अ-

नैरोबी । चीनले लामो खडेरीबाट सर्वाधिक प्रभाव परेको केन्याका लागि ११ हजार ८३५ टन चामल प्रदान गरेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

केन्याका लागि चिनियाँ राजदूत ऊ पेङले उक्त सहयोगको पहिलो खेप सुख्खा प्रभावित इलाकामा वितरण भइसकेको र बाँकी चामल पनि वितरणको क्रममा रहेको बताउनुभयो ।

राजदूत पेङले दोस्रो खेपका रुपमा अरु एक हजार ५०० टन चामल ढुवानीको कार्य भइरहेको जानकारी दिनुभयो । उहाँले चीनको सहयोगमा आएको चामल एक समारोहबीच केन्याली अधिकारीहरुलाई हस्तान्तरण पनि गर्नुभएको छ ।

सन् २०१७ मा चीन सरकारले केन्याका निम्ति करिब दुई करोड २० लाख अमेरिकी डलर बराबरको आतकालीन मानवीय खाद्यान्न सहयोग उपलब्ध गराउने घोषणा गरेको थियो ।

सन् १९६३ मा स्वतन्त्र भएयता केन्यालाई चीन सरकारले १०० भन्दा बढी परियोजनामा वित्तीय सहयोग गरेको छ । यस्तो सहयोगमा अनुदान, निब्र्याजी ऋण र सहुलियत ऋण रहेको छ ।