५ असार २०८३, शुक्रबार
,
Latest
‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : धवनको स्थानमा श्रेयस र रिषव पन्तमध्ये एक जना परिवर्तन गर्ने तयारी !



अ+ अ-

काठमाडौं । भारतीय क्रिकेट टिमले शिखर धवनको स्थानमा अर्को खेलाडीलाई परिवर्तन गर्ने भएको छ ।

भारत र अष्ट्रेलियाबीचको खेलमा हातको बुढी औलामा चोट लागेपछि धवन दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएपछि उनको स्थानमा अर्काे खेलाडी परिवर्तन गर्न लागिएको हो ।

द टाइम्स अफ इन्डियाका अनुसार धवन लामो समयसम्म मैदानबाहिर नै रहने भएपछि भारतीय क्रिकेट टिमले उनको स्थानका अर्को खेलाडीलाई परिवर्तन गर्न सक्ने सम्भावना रहेको बताएको छ । यदी परिवर्तन भएमा श्रेयस ऐयर र रिषव पन्तमध्ये एक खेलाडीले विश्वकपमा स्थान बनाउने छन् भने धवन विश्वकपबाटै बाहिरिने छन् ।

धवनकै उत्कृष्ट ब्याटिङमा भारतले विश्वविजेता अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो । अष्ट्रेलियाविरुद्धको खेलको क्रममा बलर नाथन कउल्टर नाइलले बलिङ गरेको बाउन्सर बलले लागेर उनको देब्रे हातको बुढी औला फ्याक्चर भएको थियो ।

सोमबार उनको हातको बुढी औलाको स्क्यान गरिएको थियो । भारतीय क्रिकेट टिमले मंगलबार धवन करिब तीन सातासम्ममा मैदान बाहिर रहने जानकारी दिएको द टाइम्स अफ इन्डियाले लेखेको छ ।