५ असार २०८३, शुक्रबार
,
Latest
‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस राष्ट्रको चौथो अङ्ग हो,यसलाई अङ्कुश लगाउनु हुँदैन: रावल



अ+ अ-

बैतडी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम इञ्चार्ज भीम रावलले प्रेसलाई अङ्कुश लगाउन नहुनेमा जोड दिनुभएको छ । सोमबार बैतडीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रेसलाई स्वतन्त्ररूपमा काम गर्न दिनुपर्ने बताउनुभएको हो ।

प्रेसलाई अङ्कुश लगाउने कुरा कल्पना पनि गर्न नसकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रेस राष्ट्रको चौथो अङ्ग हो, स्वतन्त्र प्रेसको वकालत गरेको छु ।” सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकलाई लक्षित गर्दै उहाँले थप्नुभयो, “पत्रकारले स्वयं जिम्मेवार बन्नुपर्छ, पे्रसको अधिकार र स्वतन्त्रता कुण्ठित गर्नुहुँदैन ।”

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता रावलले बजेटमा सुदूरपश्चिम प्रदेश सधैँ ठगिने गरेको जिकिर गर्नुभयो । “सरकारले सुदूरपश्चिम प्रदेशलाई दिने बजेट गत वर्षभन्दा घटेर आएको छ”, उहाँले भन्नुभयो, “समाजवादको बाटोमा जान बजेट बढाउनु पर्छ ।”

सुदूरपश्चिम प्रदेश कृषि तथा पर्यटनमा धनी प्रदेश भए पनि सरकारले सुदूरपश्चिम प्रदेशलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “पश्चिमसेतीलाई पनि अघि बढाउने हो भने सुदूरपश्चिमको मात्रै नभएर समग्र मुलुक बन्छ ।”

निर्वाचनका बेला गरेका प्रतिबद्धतालाई बिर्सन नहुने भन्दै उहाँले पछिल्लो समय सरकार र जनताबीच रिक्तता बढेको बताउनुभयो । पार्टीले गलत गर्यो भने खबरदारी गर्नुपर्छ भन्दै उहाँले पार्टी एकीकरणको लामो समय भइसक्दासमेत जिल्ला तथा स्थानीय तहमा एकीकरण नहुनुले पार्टीले ठूलो क्षति बेहोर्नुपरेको धारणा व्यक्त गर्नुभयो । उहाँले सिके राउतले अझै पृथकतावादी समूह नत्यागेकाले तत्कालै विश्वास गर्न नहुनेमा पनि जोड दिनुभयो ।