५ असार २०८३, शुक्रबार
,
Latest
सङ्घीयताको मर्मविपरित बजेट विनियोजन भयोः सांसद साह सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ



अ+ अ-

बारा । मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच जनालाई बारा प्रहरीले सोमबार पक्राउ गरेको छ । नेपाल-भारतको विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी नेपाल तथा भारतमा बिक्री गर्ने ती गिरोहका व्यक्तिलाई पक्राउ गरेको प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–९ बस्ने वर्ष १९ का श्यामसुन्दर यादव, १८ वर्षीय गुलशनप्रसाद यादव, बारागढी गाउँपालिका–२ मलाही बस्ने वर्ष २० का सुरेश मुखिया विन, सोही ठाउँ बस्ने १८ वर्षीय धर्मेन्द्र मुखिया विन र १९ वर्षीय नन्दकिशोर सहनी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको संयुक्त गस्ती टोलीले बारागढी गाउँपालिका-२ दौरवा मठअगाडि चोकबाट एक थान चोरीको अपाची गाडी, बीआर०५आर ७३३८ नंको गाडीसहित उनीहरूलाई पक्राउ गरेको हो । पछिल्लो समय बारामा मोटरसाइकल चोरी गर्नेहरुको बिगबिगी बढेको छ ।