५ असार २०८३, शुक्रबार
,
Latest
सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट भाषणपछि शेयर बजार निरन्तर ओरालो लाग्दै



अ+ अ-

काठमाडौं । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.७८ अङ्कले घटेर एक हजार २७५.८२ अङ्कमा पुगेको छ ।

त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.४३ बिन्दुले घटेर २७२.४६ अङ्कमा झरेको छ । स्टकका अनुसार कूल १७३ कम्पनीको २० लाख ७२ हजार १८२ कित्ता शेयर रु ६१ करोड तीन लाख १२ हजार १३ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार आज कारोवार भएका ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर मात्र बढेको छ । विकास बैंक ४.४७, उत्पादन १५.५५ र म्युचुअल फण्ड ०.०७ बिन्दुले बढेको छ ।

त्यसैगरी बैङ्किङ ५.६१, होटल ३४.०६, जलविद्युत् १६.२९, वित्त ७.४९, निर्जीवन बीमा १२४.३८, अन्य ६.६१, लघुवित्त ११.४९ र जीवन बीमा ६२.४३ बिन्दुले घटेको छ । स्टकका अनुसार आज एनआइसी एसिया बैंकको रु चार करोड १८ लाख ५९ हजार ७८ मा कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै शिवम् सिमेन्ट रु तीन करोड ९० लाख ५० हजार ४३५, सिद्धार्थ बैंक लिमिटेड रु तीन करोड तीन लाख ९२ हजार ९२७, नेपाल बैंक लिमिटेड रु दुई करोड ५५ लाख ४० हजार ९७१ र नविल बैंक लिमिटेड संस्थापक शेयर रु एक करोड ९५ लाख ५६ हजार ३०४ मा कारोवार भई शीर्ष स्थानमा रहे । वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड वित्तीय संस्थाका शेयरधनीले ७।६१ प्रतिशतले कमाए ।

यस्तै हिमालयन डिस्टिलरी लिमिटेड ४.९६, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड ४.६४, युनाइटेड मोदी हाइड्रोपावर ४.४६ र ज्योति विकास बैंक लिमिटेडका शेयरधनीले २.६० प्रतिशतले कमाए । स्टकका अनुसार तारागाउँ रिजेन्सी होटल लिमिटेड ७.३३, रिलायन्स फाइनान्स लिमिटेड ६.२५, युनिभर्सल पावर कम्पनी लिमिटेड ६.१२, एभरेष्ट इन्स्योरेन्स् कम्पनी लिमिटेड ५.१४ र उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ४.७८ प्रतिशतले गुमाए ।