५ असार २०८३, शुक्रबार
,
Latest
‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना राष्ट्रियसभा : विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग अर्थमन्त्री वाग्लेद्वारा वैदेशिक ऋण बाध्यता भएको स्पष्टिकरण, उत्पादनमूलक क्षेत्रमा लगानी भएकाले नआत्तिन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिजेण्ड जाभी प्रशिक्षक बन्दै, बार्सिलोना नै फर्केलान त ?



अ+ अ-

काठमाडौं । स्पेनका पूर्व स्टार एवं बार्सिलोनाका खेलाडी जाभी हर्नान्डेजले सबैखाले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । जाभीले करिअरको दोस्रो इनिङ्स सुरु गर्दा उनलाई अब प्रशिक्षकको रुपमा देख्न पाइने भएको छ ।

३९ बर्षीय जाभीले गत २० बैशाख बिहिबार राति यस सिजनको अन्त्यसँगै सबै खाले खेलबाट आफुले सन्यास लिने बताएका थिए । जाभी हाल कतारको अल साद क्लबबाट खेलिरहेका छन् । जाभी सन् २०१५ मा कतारी क्लबमा अनुबन्ध भएका थिए ।

खेलाडीको रुपमा यस सिजन मेरो अन्तिम हुनेछ । २१ बर्ष खेल्दा मैले जे जस्तो गरें । राम्रै गरें, जस्तो लाग्छ । अब नयाँ पुस्तालाई पनि मैदान छाड्न आवश्यक छ,’ जाभीले भने । उनले खेलाडी जीवनपछि आफु प्रशिक्षकको रुपमा फुटबल विकासमा सक्रिय रुपले लागि पर्ने पनि बताए ।

तर, जाभीले कुनै न कुनै दिन आफू बार्सिलोनाको प्रशिक्षक बन्ने बताए । ‘तर, म कुनै न कुनै दिन बार्सिलानाको टोली सम्हाल्न पुग्नेछु,’ जाभीले थपे ।

जाभीले जारी सिजन बार्सिलोनाले खराब प्रदर्शन गरेकै कारण च्यामिपयन्स लिगमा पराजय भोगेको बताए । ‘लिभरपुलविरुद्ध दोस्रो लेगमा बार्सिलोनाका सबै खेलाडीको प्रदर्शन बिर्सनलायक थियो । त्यो खेल म सम्झिन चाहन्नँ,’ उनले भने, ‘लिभरपुल त्यो शानदार जितको हकदार थियो ।’

जाभी बार्सिलोनाका लागि सवार्धिक खेल खेल्ने खेलाडी पनि हुन् । पूर्व कप्तान समेत रहेका उनले बार्सिलोनाको सिनियर टोलीबाट ५०५ खेल खेल्दै ५८ गोल गरेका छन् । अल सादबाट ८२ खेल खेलेका उनले २१ गेल गरेका छन् ।

सन् २००० देखि २०१४ समम स्पेनको राष्ट्रिय टोलीका खम्बा रहेका जाभीले देशका लागि एक सय ३३ खेलमा १३ गोल गरेका छन् । उनले सन् २०१४ को विश्वकप पछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।




भर्खरै