५ असार २०८३, शुक्रबार
,
Latest
यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत गाजाका सबै सिमाहरू खोली सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीले बजेट भाषण गर्दा कति पैसा पाउँछन् ?



अ+ अ-

काठमाडौं । अर्थमन्त्रीले संसदमा बजेट भाषण गरेवापत कति रुपैयाँ पाउलान् ? तपाईहरुको अनुमान हुन सक्छ, एक लाख या दुई लाखसम्म अर्थमन्त्रीलाई आम्दानी हुन सक्ला ?

यस्तै हल्ला सुनेकी एकजना पूर्वअर्थमन्त्रीकी पत्नीले आफ्ना पतिसँग बजेट भाषण पढेवापतको पैसा मागेको रहस्य खुलेको थियो । खिलराज रेग्मी नेतृत्वको सरकारका अर्थमन्त्री शंकर कोइरालाले बजेट भाषणपछि आफ्नी पत्नीलाई प्रष्टीकरण दिनुपरेको हल्ला संचार माध्यममा नएका होइनन् ।

‘बजेट पढेको पारिश्रमिक खै भनेर मेरो परिवारमा पनि प्रश्न सोधियो’ पूर्वमन्त्री कोइरालाले भने-‘अर्थमन्त्रीले बजेट पढेको पारिश्रमिक लिने चलन छैन’ उनले भने -पहिले पनि लिने चलन थिएन, हल्लामात्रै चलेको हो ।’

तत्कालीन नेकपा माओवादीको सरकार हुँदा (प्रचण्डको सकारका पालामा) अर्थमन्त्री बनेका डा. बाबुराम भट्टराई अर्थमन्त्रीले बजेट भाषण गर्दा कुनै पनि रकम नपाउने बताउँछन् ।

यता धेरै पटक बजेट पढिसकेका नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महत अर्थमन्त्रीले बजेट पढ्दा पैसा पाउने हल्लामा कुनै सत्यता नभएको बताउँछन् ।

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी पनि संसदमा बजेट भाषण पढेवापत एक पैसा नपाइने गरेको आफ्नो अनुभव सुनाउँछन् । ‘अर्थमन्त्रीले बजेट वक्तव्य दिँदा एक लाखदेखि दुईलाखसम्म भत्ता पाउँछन् भन्ने हल्ला मेरो पालामा पनि चलेको थियो,’ पूर्वअर्थमन्त्री अधिकारीले भने, ‘मैले बजेट पढ्दा एक पैसा लिएको छैन । अर्थमन्त्रीले पैसा पाउँछ भन्ने हल्लामात्रै हो ।’

पञ्चायतकालमा राजाले अर्थमन्त्रीलाई बक्सिस दिने गरेको भए आफूलाई त्यसबारे थाहा नभएको तर संसदीय लोकतन्त्रमा कुनै पनि अर्थमन्त्रीलाई त्यसरी भत्ता दिने चलन नरेको अधिकारीले बताए ।