५ असार २०८३, शुक्रबार
,
Latest
यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत गाजाका सबै सिमाहरू खोली सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रियाका चान्सलर कुर्जलाई संसदबाट हटाइयो



अ+ अ-

काठमाडौं । युरोपेली मुलुक अष्ट्रियाका चान्सलर सेबास्टियन कुर्जलाई संसदबाट हटाएको छ । उनको सत्ता गठबन्धनमा रहेका एक नेताको नशालु पदार्थ सेवन गरिरहेको भिडियो सार्वजनिक भएपछि संसदको विशेष वैठक बोलाइएको थियो ।

प्रमुख प्रतिपक्षी दल सोसियल डेमोक्र्याट्सले सरकारविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव स्वीकृत भएपछि कुर्जको चान्सलर पद गुमेको हो ।

अष्ट्रियाको संसदमा कुल १८३ सदस्य छन् । जसमा ५१ सिट रहेको प्रमुख प्रतिपक्षी दल सोसियल डेमोक्र्याट्स (एसपीओं र ५२ सदस्य सांसद रहेको फार राइट फ्रिडम पार्टी (एफपीओ) ले कुर्जको विपक्षमा मत हाले ।

एफपीओ कुर्ज गठबन्धन सरकारको एउटा हिंसाका रुपमा रहँदै आएको थियो । सन् २०१७ मा कुर्जको राजनीतिक हित र स्वार्थसम्बन्धी विवादास्पद भिडियो बाहिरियो जसमा रुसकी एक धनाढ्य परिवारकी युवतीलाई अष्ट्रियन पत्रिकाको शेयर खरीद गरी पार्टीलाई सहयोग पुग्ने खालको सामग्री प्रकाशित गर्न आग्रह गरिएको थियो । यो भिडियो प्रकरणपछि एफपीओ राजनीतिक अन्योलमा परेको विश्लेषण हुँदै आएको थियो । यद्यपि, उसले कुर्जसँगको सम्बन्ध तोड्दै संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मत जायर गरेको छ ।

कुर्जलाई संसदबाट हटाएपछि अष्ट्रियाका राष्ट्रपतिले नवनियुक्त भाइस चान्सलर हार्ट्विग लोगरलाई अन्तरिम नेताको रुपमा चयन गरेका छन् ।