५ असार २०८३, शुक्रबार
,
Latest
यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत गाजाका सबै सिमाहरू खोली सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार करोड रुपैयाँको लागुऔषध सहित भारतमा एक नेपाली पक्राउ



अ+ अ-

काठमाडौं । नेपाल–भारतको सीमा सुनौली क्षेत्रबाट झण्डै चार करोड रुपैयाँ बराबरको लागुऔषध सहित एक नेपाली युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देही मर्चवारी गाउँपालिका–७ मन्झरियाका सुदामा गौतम रहेको भारतीय सीमा सुरक्षा बलले जनाएको छ ।

एसएसबीको सुनौली कम्पनीका प्रमुख एवं निरीक्षक अमित कुमारका अनुसार गौतमलाई सुनौली क्षेत्रको सामकाठ नाकाबाट नेपाल जाने क्रममा २ सय ३५ ग्राम लागुऔषध हेरोइन सहित पक्राउ गरिएको गरिएको हो ।

पक्राउ परेका गौतममाथि भारतीय कानुन अनुसार मुद्दा दायर गरी घटनाको थप अनुसन्धान भइरहेको एसएसबीले जनाएको छ ।